पर्यटन बोर्डले स्थानीय तह चुनावका दिन काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने, शुल्क तीन सय

May 10, 2022 05:50 PM Merolagani



नेपाल पर्यटन बोर्डले स्थानीय तह चुनावका दिन काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ। बोर्डले हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गर्न लागेको हो।

नेपाल पर्यटक वाहन संघ र नेपाल पर्यटक बस संघसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतको लागि विभिन्न रुटहरूमा सःशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था गरेको बोर्डले जनाएको छ। यसका लागि ३ वटा रुट छुट्याएको छ।

सटल बस सेवावापत प्रति व्यक्ति तीन सय रूपैयाँ शुल्क लाग्ने पर्यटन बोर्डले जनाएको छ ।

जसमा रूट १ तर्फ एअरपोर्ट ,एनएसी,होटल अन्नपूर्ण,होटल याक एण्ड यति ,ठमेल चोक (लैनचौर चोक ,शंकर होटल,एम्बासडर होटल ,एअरपोर्ट रुटमा चल्ने छ ।

त्यसैगरी रूट २ तर्फ एअरपोर्ट होटल हुँदै र्‍याडिशन,सांग्रिला होटल,नारायण गोपाल चोक (हायात रिजेन्सी चाबहिल चोक हँदै होटल द्वारिका एअरपोर्ट सम्म पुग्ने छ ।

रूट ३मा एअरपोर्ट तीनकुने चोक हुँदै होटल एभरेष्ट ( माइतिघर चोक) होटल हिमालयन,होटल सोल्टी , ग्रान्ड होटल हुँदै एअरपोर्ट पुग्ने पर्यटन बोर्डले जनाएको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।