दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको जाल्पा सामुदायिक लघुवित्तको वित्तीय अवस्था कस्तो?

May 11, 2022 04:37 AM Merolagani



पछिल्लो १३ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.४३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६४.८४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ९१.९४ प्रतिशत बढेको छ। नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ८६ पैसा घटेर ७२ रुपैयाँ २ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो।

चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४१ रुपैयाँ २८ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.४२ प्रतिशत बढेको छ भने जगेडा कोष ४४.९३ प्रतिशत बढेको छ। लघुवित्तको सापटी ४५.४२ प्रतिशत, निक्षेप १५.०८ प्रतिशत र कर्जा ३०.१६ प्रतिशत बढेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।