नेशनल माइक्रोफाइनान्सको नाफा बढ्यो, ईपीएस भने घट्यो

May 11, 2022 09:30 AM Merolagani



नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.५१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३६.०१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३५.१८ प्रतिशत बढेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ४४ पैसा घटेर ७६ रुपैयाँ ५५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७५ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८३.६३ प्रतिशत बढेको छ भने जगेडा कोष ७८.४८ प्रतिशत बढेको छ। लघुवित्तको सापटी ३६.६७ प्रतिशत, निक्षेप ४९.५७ प्रतिशत र कर्जा ४६.५९ प्रतिशत बढेको छ।




comments powered by Disqus

गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?