आइएमई जनरल इन्स्योरेन्सको नाफा करिब ११ प्रतिशतले घट्यो

May 12, 2022 02:33 PM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ८१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.८४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १.८१ प्रतिशतले मात्रै बढेर ५२ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १७ करोड २१ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड ३९ लाख रुपैयाँ र बीमा कोषमा ५५ करोड ४५ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात ३०.१३ गुणा रहेको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।