आइएमई जनरल इन्स्योरेन्सको नाफा करिब ११ प्रतिशतले घट्यो

May 12, 2022 02:33 PM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ८१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.८४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १.८१ प्रतिशतले मात्रै बढेर ५२ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १७ करोड २१ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड ३९ लाख रुपैयाँ र बीमा कोषमा ५५ करोड ४५ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात ३०.१३ गुणा रहेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।