माइपेको ६ महिनामा १ लाख भन्दा बढी प्रयोगकर्ता

May 12, 2022 01:29 PM Merolagani



डिजिटल भुक्तानी प्रदायक वालेट 'माइपे'ले संचालनमा आएको छोटो समयमै एक लाख भन्दा बढी ग्राहक संख्या पुर्‍याएको छ । गत कार्तिक २५ गतेदेखि औपचारिक सेवा सुरु गरेको 'माइपे'ले वैशाख २७ गते प्ले स्टोरमा एक लाख प्रयोग कर्ता पुर्‍याएको बताएको हो । कम्पनीका अनुसार हाल माइपेसँग एन्डरोइड र आइओएस गरी जम्मा १ लाख २५ हजार प्रयोगकर्ता रहेका छन् ।

माइपे मार्फत विभिन्न सेवाहरू मोबाइल मार्फत नै डिजिटल भुक्तानी गर्न सकिन्छ र प्रयागकर्ताहरूलाई विभिन्न आकर्षक योजनाहरू ल्याइरहेको कम्पनीले बताएको छ ।

हाल माइपे मार्फत केवाईसी भेरिफाइ गरी पहिलो कारोबार गर्दा २५ प्रतिशतसम्म अधिकतम १०० रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ । यसका अलवा हाल केवाईसी भेरिफाइ गरी मासिक एक हजार रूपैयाँको कारोबारमा १ लाख रूपैयाँसम्मको दुर्घटना बिमा सुविधा दिँदै आएको बताएको छ ।

यसकासाथै माइपेले हाल हवाई जहाजको टिकट बुकिङमा सबैभन्दा धेरै क्यासब्याक तथा कुनै पनि बैंकमा १ रूपैयाँमा माइपे मार्फत रकम पठाउन सकिने सुविधा पनि दिँदै आएको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।