एनबीलाइ तत्काल नबिल बैंकमा गाभ्ने प्रक्रिया राेक्न सर्वाेच्चकाे अन्तरिम आदेश

May 12, 2022 10:17 PM Merolagani



नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रिया राेक्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ।

सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले साे अल्पकालीन आदेश जारी गरेको हो ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएकाे हाे ।

एनबी बैंकका सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले एक्विजेशन प्रक्रिया भाँड्नको लागि सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

जेठ ३ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको छ । सर्वोच्च अदालतले जेठ ३ गते राष्ट्र बैंकलाई पनि बोलाएको छ । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।