वाणिज्य बैंकहरुको ब्याजदर यथावत्

May 14, 2022 07:46 AM Merolagani



बैशाख महिनको अन्तिम दिन वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैशाख महिनामा ११.०३ प्रतिशत रहेको वाण्ज्यि बैंकहरुको अधिकतम ब्याजदर, जेठ महिनामा पनि यथावत राखिएको हो।

गत साता बसेको नेपाल बैंकर्स संघको बैठकले जेठमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने सहमति गरेको थियो। सोहि सहमति अनुसार बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेको हुन्।

बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए। सोपश्चात हालसम्म बैंकहरुले ब्याजदर बढाएका छैनन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।