वाणिज्य बैंकहरुको ब्याजदर यथावत्

May 14, 2022 07:46 AM Merolagani



बैशाख महिनको अन्तिम दिन वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैशाख महिनामा ११.०३ प्रतिशत रहेको वाण्ज्यि बैंकहरुको अधिकतम ब्याजदर, जेठ महिनामा पनि यथावत राखिएको हो।

गत साता बसेको नेपाल बैंकर्स संघको बैठकले जेठमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने सहमति गरेको थियो। सोहि सहमति अनुसार बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेको हुन्।

बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए। सोपश्चात हालसम्म बैंकहरुले ब्याजदर बढाएका छैनन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।