ललितपुर महानगरपालिकाको मतगणना ११ बजेदेखि सुरु हुने

May 14, 2022 09:43 AM Merolagani



ललितपुर महानगरपालिकाको मत गणना विहान ११ बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण ब्यञ्जनकार मेयर प्रतिस्पर्धामा रहेका छन्। यसअघिको निर्वाचनमा मेयरमा काँग्रेसका महर्जन र एमालेका ब्याञ्जनकारवीच नै प्रतिस्पर्धा भएको थियो। जसमा महर्जनले जितेका थिए। यस पटकको निर्वाचनमा समेत यी दुईको प्रतिस्पर्धालाई रोचक रुपमा लिइएको छ।

उपमेयरका लागि माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य र एमालेबाट अञ्जली शाक्या प्रतिस्पर्धामा छन्।

यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाको मत गणनापनि बिहान ११ बजेदेखि सुरु हुने भएको छ। बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। मेयरमा गठबन्धनबाट माओवादीका शिव कट्टेल र एमालेबाट मेयरमा हरिगोविन्द्र श्रेष्ठ प्रतिस्पर्धामा छन्। त्यस्तै उपमेयरमा काँग्रेसकी लक्ष्मी महर्जन र एमालेकी वीणा सुवेदी उम्मेद्वार छन्।

चार पालिकामा मतगणना जारी

जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना जारी छ। गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो।

जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती, कोञ्जेसोम र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको थियो।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।