घोराही उपमहानगरपालिकाको मतगणना सुरु

May 14, 2022 09:59 AM Merolagani



दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि घोराही उपमहानगरको मतगणना सुरु भएको हो। उपमहानगरको १ र १४ वडाबाट मतगणना सुरु भएको हो।

घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका नेता हेमराज शर्मा र एमालेबाट नरुलाल चौधरी प्रतिस्पर्धामा छन्। अहिले घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा मत गणना भई रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।