नबिल र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको मुद्धा फिर्ता, मर्जर प्रकृया अघि बढ्ने

May 19, 2022 01:50 PM Merolagani



नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्धा फिर्ता भएको छ। उक्त रिट  निवेदकले फिर्ता लिएसँगै अब दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने भएको हाे।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो।

एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिएपछि दुबै पक्षको कुरा सुन्न उक्त मुद्धा संयुक्त इजलासमा पुगेको थियो। मंगलबारको लागि सुनुवाइ तोकिएको उक्त मुद्धा मंगलबार पनि सुनुवाइ हुन सकेन भने बुधबार पनि सो मुद्धा हेर्न नमिल्नेमा परेको थियो।

बिहीबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो । तर सुनुवाई सुरु नहुँदै मुद्धा फिर्ता लिएकाे छ।

मुद्धा फिर्ता भएसँगै अब दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने भएको छ। दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने ती बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।