काेराेना सामान्य हुन नपाउँदै आयाे मंकिपक्स भाइरस, १२ देशमा फैलिएपछि डब्लूएचओले दियो चेतावनी

May 22, 2022 03:52 PM Merolagani

विश्वमा कोरोनाको त्रास अन्त्य हुन पाएको छैन, मंकिपक्स नामको संक्रमण फैलन लागेको छ । विश्व स्वास्थ्य संगठनले आइतबार ट्वीट गर्दै मानिसहरुलाई सचेत रहन चेतावनी दिएको छ । डब्लूएचओले केवल १० दिन भित्र १२ देशहरुमा ९२ मंकिपक्स संक्रमण पुष्टि भएको  बताएकाे छ जुन गैर स्थानीय हो ।

डब्लूएचओले अबका दिनमा यस प्रकारको संक्रमण बढ्ने हुँदा सावधान रहन पनि चेतावनी दिएको छ । डब्लूएचओले आफ्ना साझेदारहरुसँग मिलेर मंकिपक्स संक्रमण फैलिरहेको विषयमा गम्भिरताका साथ काम गरिरहेको बताएको छ । हाल मंकिपक्स संक्रमणलाई रोक्ने हरसम्भव प्रयास भइरहेको छ।

मंकिपक्स संक्रमणका लक्षण के के हुन् ?

डब्लूएचओका अनुसार मंकिपक्स संक्रमणको लक्षण ६ देखि १३ दिनमा देखिने गर्दछ । यद्यपी केहि व्यक्तिहरुमा यो पाँचदेखि २१ दिनसम्म पनि हुन सक्छ ।

मंकिपक्स भएमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, लिम्फाडेनोप्याथी अर्थात् लिम्फ र नोड्स सुन्निने, कम्मर र मांसपेंशीहरुमा दुखाईका साथै गम्भिर कमजोरीको अनुभव हुन सक्दछ । लिम्फ र नोड्स सुन्निने समस्यालाई सामान्य लक्षण मानिन्छ । यस बाहेक संक्रमितको अनुहारमा र हाथ खुट्टामा ठूला ठूला आकारका दानाहरु पनि हुने गर्दछ । केहि गम्भिर संक्रमितहरुमा यस्ता ठेलाहरुले आँखाको कोर्नियामा पनि असर पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार मंकिपक्सबाट मृत्यु ११ प्रतिशतसम्म हुन सक्छ । यो संक्रमणबाट बालबालिकाहरुमा मृत्युको खतरा धेरै रहेको छ ।

मंकिपक्स संक्रमण कसरी सर्छ ?

स्वास्थ्य विशेषज्ञहरुका अनुसार मंकिपक्स नामक भाइरसका कारण यो संक्रमण हुने गर्दछ । यो भाइरस अर्थोपक्स भाइरस समूहसँग सम्बन्धित रहेको छ । यस समुहका अन्य सदस्य मानिसमा बिफर र काउपक्स जस्ता संक्रमणको कारण बन्दछ । डब्लूएचओका अनुसार मंकिपक्स एक व्यक्तिदेखि अर्को व्यक्तिमा संक्रमण सर्ने निकै कम हुने गर्छ । संक्रमित व्यक्तिले हाच्छ्यू गर्दा वा खोक्दा निक्लने वाछिटाहरु संक्रमितको छालाको घाउ वा संक्रमितको निकट सम्पर्कमा आउँदा अन्य मानिसमा संक्रमण सर्न सक्दछ ।

डब्लूएचओले हालसम्म संकलन गरेको तथ्यांक अनुसार ती मानिसहरुमा सबैभन्दा धेरै खतरा हुन्छ जसले मंकिपक्सबाट संक्रमित भएका व्यक्तिहरुसँग शारिरिक सम्बन्ध बनाएको हुन्छ । यसैगरी, अहिलेसम्म स्थानीय क्षेत्रकालागि संक्रमणको कुनै प्रमाण छैन । रिपोर्टका अनुसार समलैंगिक सम्बन्ध भएका मानिसहरुमा पनि यो संक्रमण पुष्टि भएको छैन ।

के छ उपचार ?

बिफर उन्मूलन कार्यक्रमको समयमा प्रयोग गरिएको खोपले मंकिपक्सबाट पनि सुरक्षा दिएको छ । नयाँ खोप विकसित गरिएको छ जसमध्ये एकलाई रोगको रोकथामकालागि अनुमोदन गरिएको छ । विश्व स्वास्थ्य निकायमा अनुसार बिफरको उपचारकालागि विकसित गरिएको एन्टिभाइरल एजेन्टलाई पनि मंकिपक्सको उपचार गर्नकालागि लाइसेन्स दिइएको छ ।

यसअघि सन् १९७० मा कंगोको गणतान्त्रिक राज्यमा देखिएको थियो । पछिल्लो ५० वर्षमा मंकिपक्स संक्रमण पश्चिमी र मध्य अफ्रिकाका थोरै मानिसमा देखिएको छ । त्यसकारण पनि यूरोपमा अचानक फैलिएको यो संक्रमणले मानिलाई त्रसित बनाएको छ ।

हालसम्म अष्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्ड, पोर्चुगल, स्पेन, स्विडेन, बेलायत र अमेरिका गरी कुल १२ राष्ट्रमा ९२ जनामा मंकिपक्स संक्रमण पाइएको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमितहरु पोर्चुगल, स्पेन र बेलायतमा छन् । यद्यपी क्यानडामा पनि थप २० जनामा संक्रमणको लक्षण देखिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।