चण्डोल स्थित डुकु फुटसल हबमा शनिबार भएको फाइनाल खेलमा मल्ल एण्ड मल्ल स्टकलाई ७–२ ले हराउदै एसविआईले उपाधी जित्न सफल भएको हो ।
मल्ल एण्ड मल्ल स्टक उपविजेता बन्द ओपल सेक्युरिटिज भने तेस्रो भएको छ । आजै तेस्रो पोजिसनको लागि भएको खेलमा लिन्च स्टकलाई हराएर ओपल तेस्रो बन्न सफल भएको हो ।
विजेता टोलीलाई राष्ट्रिय फुटवल टिमका पुर्व क्याप्टेन हरि खडकाले ट्रफि तथा नगद पुरस्कार प्रदान गरे । विजेता टोली एसविआईले ट्रफिसंगै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता मल्ल स्टकले पनि २५ हजार रुपैयाँ नगद प्राप्त गरेका छ।
प्लेयर अफ दी टुर्नमेन्ट ओपल स्टकका प्रदिप तण्डन चुनिदा एसविआई मर्चेन्टमा सुशील गौतम बेष्ट गोलकिपर छनौट भए । यस्तै एसविआई मर्चेन्टकै पुजन खडकाले टुर्नमेन्ट अवधी भरि २१ गोल गरेर गोल्डेन बुट हात पारे ।
नेपाल ब्रोकर एसोसिएसन आयोजनामा जेठ २८ गतेदेखि ब्रोकर कम्पनी, मर्चेण्ट बैंकरलगायतका पूँजी बजारसँग सम्बन्धित निकायहरुबीच फुटसल प्रतियोगिता भएको थियो ।
एसब्यानले खेलकुद क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरुलाई अगाडि बढाउने क्रममा फुटसल फर युनिटीको नारासँगै नेपालमै पहिलो पटक पूँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायहरुलाई समेटी "SBAN Capital Market Futsal Cup 2022" को आयोजना गरेको थियाे भने त्यसकाे सम्पुर्ण व्यवस्थापनकाे काम एभेन्ट काेर्ट प्रा. लिले गरेकाे थियाे ।
सेबोन, सिडिएस एण्ड क्लियरिङ लि, धितोपत्र दलाल ब्यवसायी, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सी, निक्षेप सदस्यलगायत अन्य पूँजी बजारसँग सम्बन्धित निकायका ३६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितालाई पारदर्शी तथा यसको प्राविधिक पक्षको उचित सन्चालनका लागि एन्फाद्वारा प्रमाणित रेफरीहरुमा सम्पूर्ण खेलहरुको नियन्त्रण रहेको छ।
धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु तथा तीनमा कार्यरत कर्मचारीहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यो प्रतियोगिता हरेक बर्ष आयोजना गरिने ब्रोकर एसोसिएसनले जनाएको छ।