पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाइजहाजको भाडा पनि वृद्धि, अब कहाँ जान कति लाग्छ ?

Jun 20, 2022 04:43 PM Merolagani



सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाइजहाजको भाडा पनि वृद्धि भएको छ। असार ८ देखि लागू हुने गरि आन्तरिक तर्फको हवाइ भाडा बढेको हो।

वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ।

त्यसैगरी काठमाडौं भद्रपुर ५७० रुपैयाँले बढेको छ भने काठमाडौं विराटनगर ४५५ रपैयाँले ले बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको वायुसेवा कम्पनीले जनाएका छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।