पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाइजहाजको भाडा पनि वृद्धि, अब कहाँ जान कति लाग्छ ?

Jun 20, 2022 04:43 PM Merolagani



सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाइजहाजको भाडा पनि वृद्धि भएको छ। असार ८ देखि लागू हुने गरि आन्तरिक तर्फको हवाइ भाडा बढेको हो।

वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ।

त्यसैगरी काठमाडौं भद्रपुर ५७० रुपैयाँले बढेको छ भने काठमाडौं विराटनगर ४५५ रपैयाँले ले बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको वायुसेवा कम्पनीले जनाएका छन् ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।