अनसनको छैठौँ दिनसम्म पनि सरकारले बार्ताको लागि कुनै पहल नगर्नु खेदजनक : राजेन्द्र लिङ्देन

Jun 20, 2022 06:06 PM Merolagani



सोमबार पुर्व अर्थमन्त्री रामशरण महत, एमालेका प्रमुख सचेतक विशाल भट्टराइ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनसनरत तिलक कोइरालालाई भेटेका छन्।

सोमबार नेपाली काँग्रेसका नेता एवम पुर्व अर्थमन्त्री रामशरण महतले अनसनरत तिलक कोइरालालाई भेटेर माग सम्बोधनको लागि पहल गर्ने बताएका छन्। आमरण अनसनको छैँठौ दिनमा उनले कोइरालालाई भेटेका हुन्।

यसैगरी सोमबार नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पनि कोइरालाई भेटेर उक्त अन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। लिङ्गदेनले शेयर बजार घट्दा शेयर बजारमा संलग्न मान्छेहरुलाई मात्र नभई अन्य व्यक्तिलाई समेत असर गर्ने बताउँदै यो समग्र अर्थतन्त्रसँग  सम्बन्धित विषय रहेको बताएका छन्।

उनले आमरण अनसनको छैठौँ दिनसम्म पनि सरकारले बार्ताको लागि कुनै पहल नगर्दा सरकारप्रति खेद समेत ब्यक्त गरेका छन भने बार्ता प्रकृयालाई अगाडि बढाउन समेत माग गरेका छन्। सरकारले लगानीकर्ताको माग यथाशीघ्र सम्बोधन गर्नुपर्ने बताएका छन्।

आमरण अनसनमा राजनैतिक दलका नेताहरुले पनि चासो बढाएको भए पनि यतिबेलासम्म लगानीकर्तासँग बार्ताको बातावरण भने बन्न सकेको छैन। 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।