आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि पाटन अस्पताल भर्ना

Jun 21, 2022 12:49 PM Merolagani




नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पाटन अस्पतालमा भर्ना गरिएकाे छ ।

विगत ७ दिनदेखि आमरण अनशन बस्दै आएका कोइरालाको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि पाटन अस्पताल भना गरिएको हो । स्वस्थ्यमा एकाएक समस्या देखिन थाले पछि कोइरालाले नमान्दा नमान्दै जर्वजस्ति अस्पताल ल्याएको अनशनमा सहभागि लगानीकर्ता एसपि चौलागाईले मेरोलगानीलाई बताए।

कोइरालाले पहिलेदेखि सुगर र प्रेसरको औषधि खादै आएका थिए । सोमबारदेखि कोइरालालाई ज्वरो आउने र वान्ता हुन थालेको थियो ।

कोइरालाको सुगर प्रेसरको मात्र अत्यान्त न्यून भएको डाक्टरले यसअघि नै जानकारी गराएका थिए। पूँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइराला विगत ७ दिनदेखि १९ बुँदे मागसहित आमरण अनशनमा छन्।

पूँजी बजारको सुधारका लागि लगानीकर्ताले दैनिक रुपमा प्रदर्शनी समेत गर्दै आएका छन्। झण्डै एक हप्ता लामो आमरण अनशन बस्दा पनि सरकारी पक्षबाट लगानीकर्तालाई बार्तामा बोलाइएको छैन। माग पुरा नभएसम्म लगानीकर्ताले आमरण अनशन र अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।