आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि पाटन अस्पताल भर्ना

Jun 21, 2022 12:49 PM Merolagani




नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पाटन अस्पतालमा भर्ना गरिएकाे छ ।

विगत ७ दिनदेखि आमरण अनशन बस्दै आएका कोइरालाको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि पाटन अस्पताल भना गरिएको हो । स्वस्थ्यमा एकाएक समस्या देखिन थाले पछि कोइरालाले नमान्दा नमान्दै जर्वजस्ति अस्पताल ल्याएको अनशनमा सहभागि लगानीकर्ता एसपि चौलागाईले मेरोलगानीलाई बताए।

कोइरालाले पहिलेदेखि सुगर र प्रेसरको औषधि खादै आएका थिए । सोमबारदेखि कोइरालालाई ज्वरो आउने र वान्ता हुन थालेको थियो ।

कोइरालाको सुगर प्रेसरको मात्र अत्यान्त न्यून भएको डाक्टरले यसअघि नै जानकारी गराएका थिए। पूँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइराला विगत ७ दिनदेखि १९ बुँदे मागसहित आमरण अनशनमा छन्।

पूँजी बजारको सुधारका लागि लगानीकर्ताले दैनिक रुपमा प्रदर्शनी समेत गर्दै आएका छन्। झण्डै एक हप्ता लामो आमरण अनशन बस्दा पनि सरकारी पक्षबाट लगानीकर्तालाई बार्तामा बोलाइएको छैन। माग पुरा नभएसम्म लगानीकर्ताले आमरण अनशन र अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।