सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

Jun 22, 2022 12:00 PM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक(SADBL)ले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने भएकाे छ ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगकालागि खुला गर्न आह्वान गरेकाले काठमाडौं महानगरपालिका कार्यालयसँग यस बैंकले समन्वय गरेकाे हाे ।

उक्त निर्णयको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट नुर निधि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यस डेभलपमेन्ट बैंक र महानगरपालिकाबिच भएको सम्झौता अनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्ने व्यहोरा जानकारी गराईन्छ ।

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडाैं महानगरपालिकाको प्रयासमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय विहान ९.३० बजे देखि ५ बजेसम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् ।

comments powered by Disqus