लाभांश पारित गर्न लुम्बिनी जनरलले साधारण सभा बोलायो, बुक क्लोज कहिले?

Jun 22, 2022 05:11 PM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स(LGIL) ले लाभांश पारित गर्न १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असार २९ गते बिहान ११ बजे, अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौं साधारण सभा बोलाएको हो ।

कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश पारित गर्नेछ । बोनस शेयर वितरण गर्दा फ्क्सनमा आउने शेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको हाल कामय १ अर्ब २५ करोड रुपैयाँ अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

अन्य कुनै कम्पनीलाई प्राप्ति गर्न वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई सभाले अख्तियारी पनि प्रदान गर्नेछ ।

यस्तै सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुनेगरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी गरेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असार १५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असार १४ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।