नेपाल एयरलाइन्सको महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन अस्थायी रूपमा नियुक्त

Jun 23, 2022 04:11 PM Merolagani



सरकारले नेपाल एयरलाइन्सको महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई अस्थायी नियुक्त गरेको छ । हाल नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पद दुवै रिक्त अवस्थामा छ ।

मन्त्रिपरिषद्को निर्णयबाट ३५ वर्षिय ज्वारचनलाई अस्थायी रुपमा नियुक्त गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई दिएको नियुक्ति पत्रमा लेखेकाे छ ‘नेपाल वायुसेवा निगम २०१९ को दफा १२ बमोजिम तपाईंलाई नेपाल वायुसेवा निगमको महाप्रवन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको व्यवहोरा निर्णय अनुसार अनुरोध छ ।' यसअघि सरकारले युवराज अधिकारीलाई निलम्बन गरेकाे थियाे । जसकारण यो पद रिक्त रहेको थियो ।

ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म नेपाल एयरलाइन्सको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए । उनी पहिलाे पटक नेपाल एयरलाइन्सको टुइनअटर विमानकाे कोपाइलटका रूपमा प्रवेश गरेका थिए ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।