सान्जेन जलविद्युतलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Jun 23, 2022 04:54 PM Merolagani



सान्जेन जलविद्युत कम्पनी (SJCL) लाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियहरुको लागि आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई वर्षपछि बल्ल आयोजना प्रभावित स्थानियको लागि शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ६५ करोडको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ भने आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियलाई आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।

कम्पनीले रसुवा जिल्लाको सान्जेन खोलामा उपलब्ध जलस्रोतको प्रयोग गरी अपर सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजना (४८.५ मेगावाट) निमार्ण गर्दैछ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।