पर्यटनमन्त्री प्रेम आलेले राजिनामा दिंदै भने -‘९० प्रतिशत सफल भए, एक्सन मन्त्रीको ट्याग पाए’

Jun 26, 2022 06:19 PM Merolagani

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले आफू ९० प्रतिशत सफल भएको बताएका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । कार्यक्रममा मन्त्री पदमा बस्दा ९ महिना बितेको पत्तो नै नपाएको भन्दै आलेले आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको बताए ।

उनले भने, ‘मैले प्रक्रियामा भन्दा परिणामलाई प्राथमिकतामा राखेँ । यदि मलाई कुनै पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुभयो भनेर सोधेमा मेरो उत्तर हुन्छ–९० प्रतिशत सफल भएको छु । बाँकी जनताले नै मूल्यांकन गर्नेछन्’ ।

उनले मन्त्रीबाट हटिसकेपछि त्रिभुवन विमानस्थलमा श्रम बजारमा जाने आम नेपालीका लागि स्थापना गरेको भीभीआइपी कक्ष र दोस्रो विमानस्थल परियोजना सधैँ सम्झिने बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।