मर्जरमा जाने सम्झौता गरेका सूर्या लाइफ र ज्योति लाइफ कुन कम्पनी कस्ताे ?

Jun 27, 2022 03:27 PM Merolagani

बीमा समितिले बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरुमा धमाधम मर्जरमा जान थालेका छन् । समितिले पूँजी बढाउन बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाब दिन थालेपछि बीमा कम्पनीहरुबीच मर्जर सम्बन्धी सम्झौता हुन थालेकाे हाे । 

हालसम्म पाँच जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरिसकेका छन् । बीमा कम्पनीहरुको व्यवसाय विस्तार हुँदै गर्दा पूँजी भने कम भएको र जोखिम बहन गर्न नसक्ने भन्दै बीमा समितिले पूँजी बढाउन मर्जरमा जान बाध्य गराएपछि बीमा कम्पनीहरु मर्जरमा जान बाध्य भएका हुन् ।

समितिले २०७६ सालमै बीमक गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेको थियो । तर त्यस अवधिमा कुनै पनि बीमा कम्पनीहरु मर्जरमा गएनन् । अहिले मर्जरमा गएर पूँजी बढाउन बाध्य भएपछि बल्ल धमाधम मर्जरमा जान थालेका हुन् ।

गत बैशाख २५ गते निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सम्बन्धी सम्झौता गरिसकेका छन् । दुबै कम्पनीबीच एकिकृत कारोबार थाल्ने अन्तिम तयारी हुदैछ ।

त्यसपछि बैशाख २९ गते पनि प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेका थिए ।

असार १२ गते पनि सूर्या लाइफ र ज्योति लाइफ इन्स्सोरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति गरेका छन् ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । समितिको निर्देशन अनुसार पूँजी पुर्याउन बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेका हुन् ।

दुबै कम्पनीले सम्पत्ती तथा दायित्व मूल्यांकन (डीडीए) पछि मात्रै स्पाप रेसियो लगायतको विषयमा टुंगो लगाउने छन् । मर्जरका अन्य आवश्यक कार्यहरु छिटै सम्पन्न गरी समितिले तोकिएको समयमै पूँजी पुर्याउन कम्पनीहरुले तयारी थालेका छन् ।

सूर्या र ज्योति लाइफ कुन कस्तो?

दुबै जीवन बीमा कम्पनीहरुले यस अघि तोकिएको न्यूनतम चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याइ सकेका छन् । तर बीमा समितिले पुनः पूँजी बढाएर ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि सूर्या र ज्योति लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता गरेका हुन् ।

ज्योति लाइफको तुलनामा सूर्या लाइफ इन्स्योरेन्स पुरानो कम्पनी भएकोले अधिकाँश सूचकमा बलियो देखिएको छ ।

सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

त्यस अनुसार दुबै कम्पनीहरु एक बराबर एकको अनुपातमा मर्ज भए ४ अर्ब ९७ करोड रुपैयाँ पूँजी पुग्नेछ ।

जगेडा कोष र बीमा कोषमा सूर्या लाइफ इन्स्योरेन्स अघि देखिएको छ । सूर्याको जगेडा कोषमा ५९ करोड ४९ लाख रुपैयाँ र बीमा कोषमा १३ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ रहेको छ । यस्तै, ज्योति लाइफको जगेडा कोषमा ५६ करोड ६८ लाख रुपैयाँ र बीमा कोषमा ५ अर्ब ६६ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

खुद बीमाशुल्क आर्जनको आधारमा पनि सूर्या लाइफ इन्स्योरेन्स अघि रहेको छ । सूर्याले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ र ज्योति लाइफले २ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधार भने ज्योति लाइफ अघि देखिएको छ । यस अवधिमा ज्योतिले २० करोड ६५ लाख रुपैयाँ र सूर्या लाइफले १५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधिमा सूर्या लाइफको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८७ पैसा र ज्योति लाइफको ११ रुपैयाँ ३७ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।