तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीकाे कति?

Jun 28, 2022 03:25 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मंगलबार एभरेष्ट इन्स्योरेन्स (EIC) काे ७ लाख १० हजार १६२.६४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

समिट लघुवित्त वित्तीय संस्था (SMB) को पनि ९ लाख ९७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५.२८५४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) को पनि २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

तीन वटै कम्पनीको बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।