तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीकाे कति?

Jun 28, 2022 03:25 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मंगलबार एभरेष्ट इन्स्योरेन्स (EIC) काे ७ लाख १० हजार १६२.६४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

समिट लघुवित्त वित्तीय संस्था (SMB) को पनि ९ लाख ९७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५.२८५४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) को पनि २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

तीन वटै कम्पनीको बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।