जीवन बीमा कम्पनीहरूको बीमाशुल्क एक खर्ब १९ अर्ब माथि, सबैले व्यवसाय बढाउँदा गुराँस लाइफकाे भने खस्किदै

Jun 28, 2022 06:13 PM Merolagani

जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा एक खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रूपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.७५ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए । 

आर्थिक मन्दीका बाबजुद पनि अधिकाँश जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय मात्रै खस्किएको छ ।

बीमाशुल्क आर्जनमा  नेपाल लाइफले अग्रता कायमै राख्दा व्यवसाय बढाउँनेमा सन नेपाल अघि

जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.६८ प्रतिशत हो । 

गत आर्थिक वर्षको जेठसम्ममा कम्पनीले २७ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा नयाँ जीवन बीमा कम्पनीहरुले भने आफ्नो व्यवसाय विस्तारलाई तिब्रता दिएका छन् ।

सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ८९.९५ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, महालक्ष्मी लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ र आइएमई लाइफको बीमाशुल्क पनि उल्लख्य बढेको छ ।

सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालको बीमाशुल्क यस अवधिमा ०.६९ प्रतिशतले मात्रै बढेर १४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधीमा एलआईसी नेपालले १४ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

गुराँस लाइफको व्यवसाय भने खस्कियो

चालु आर्थिक वर्षको ११ महिनासम्ममा सबै जीवन बीमा कम्पनीहरूले बीमाशुल्क बढाँउदा गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने खस्किएको छ ।

गुराँस लाइफको बीमाशुल्क १३.७९ प्रतिशतले घटेर २ अर्ब ७३ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले ३ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कुल बीमा शुल्कमा २८.३२ प्रतिशत प्रथम बीमा शुल्कको योगदान

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा कुल एक खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसमध्ये २८.३४ प्रतिशत अर्थात ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट मात्रै संकलन भएको छ ।

यस्तै, नविकरण शुल्क वापत जीवन बीमा कम्पनीहरूले ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले जनाएको छ ।

यस अवधिमा एक करोड २६ लाख ३२ हजार ३७३ वटा सक्रिय बीमालेख रहेको समितिको तथ्यांक छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।