डलरको भाउ १२६ रुपैयाँ माथि पुग्यो, डलर बलियो बन्दै जाँदा नेपाललाई बैदेशिक ब्यापारमा झनै घाटा

Jun 29, 2022 11:39 AM Merolagani



डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय एकपछि अर्को रेकर्ड बनाउदै आएको डलरको भाउ बढ्ने क्रम अझै रोकिएको छैन।

बुधबार डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। ती दुइ मुलुकको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ ३४ पैसा खर्च गर्नु पर्ने भएको छ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ। पछिल्लो समय उच्च आयातको कारण विदेशी विनिमय सञ्चिति लगातार घट्दै गएको छ। आयातमा कडाइको बाबजुद आयात झनै बढेको छ।

बैदेशिक ब्यापारमा नेपालको निर्यातको हिस्सा कम छ। आयात निकै धेरै छ। आयातको भुक्तानी डलरमा गर्नुपर्ने भएकोले डलरको भाउ बढ्दा बढी रकम भुक्तानी गर्नुपर्ने हुन्छ। जसले गर्दा बैदेशिक ब्यापारमा व्यापार घाटा झनै बढ्ने देखिन्छ।

नेपाललाई डलरको भाउ बढ्दा रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ। अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाब पर्ने भएको छ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।