आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेकोले गहन अध्ययन गर्नु जरुरी छःअर्थमन्त्री शर्मा

Jun 29, 2022 03:44 PM Merolagani



अर्थमन्त्री जनार्दन शर्माल आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको त्यसको गहन अध्ययन ,विश्लेषण र मुल्याङ्कन गर्न जरुरी देखिएको बताएका छन् । अर्थमन्त्री शर्माले बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औं वार्षिकोत्सव कार्यक्रममा यस्तो बताएका हुन् ।

यसैगरी,अर्थमन्त्री शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको पनि बताएका छन् । उनले सरकारको अहिलेसम्म लेखापरीक्षण गर्ने विधि र पद्धतीहरुमा कहाँ त्रुटी भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताए । अर्थमन्त्री शर्माले लेखापरीक्षण गर्ने सरकारको विधि,पद्धतीमा त्रुटी भएर बेरुजुमा एकपछि अर्को जटिलता बढ्दै गएको बताए ।

अर्थमन्त्री शर्माले लेखापरीक्षकमार्फत सार्वजनिक इकाइहरुमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखा परिक्षकको महत्वपूर्ण भूमिका रहेको पनि बताए । उनले सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको चुहावट,हिनामिना,औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने बताए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।