विश्वकै उत्कृष्ट क्लबको ५२ औं स्थानमा एलओडी , रबिन श्रेष्ठ भन्छन् ‘विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्छ’

Jun 29, 2022 05:34 PM Merolagani



नेपालको ठमेल स्थित लोकप्रिय क्लब लड अफ द ड्रिंक्स् (एलओडी) विश्‍वकै उत्कृष्ट क्लबमध्ये ५२ औं स्थानमा परेको छ।

बुधबार बुधबार एलओडी क्लबमा पत्रकार सम्मेलन गर्दै एलओडी डिजे म्याग टप सयको छनौट भएर ५२ औं स्थानमा पर्न सफल भएको जनाएको हो । केही समय अघि एलओडी क्लब डिजे म्याग टप सयको नोमिनेसनमा परेको थियो।

डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५२ औं स्थानमा परेको हो। म्यागमा विश्वभरका पाँच सय क्लबहरु सहभागी थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

५२ औं स्थानमा पर्न सफल भएपछि यो बिषयले नेपालको शिर उच्च भएको र नेपाललाई चिनाउन एलओडिले ठूलो भुमिका खेलको एलओडीका सञ्चालक रबिन श्रेष्ठले बताए ।

‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो,’ श्रेष्ठले भने,‘टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’

सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ।

विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै श्रेष्ठले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।

टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशी पर्यटक पनि बढ्ने श्रेष्ठको भनाइ छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।