‘७० अंक ल्याएर ट्रायल पास हुने बिषय नै ठिक छैन,समस्या निम्तिन्छ’ यातायात मन्त्री घनश्याम दाहाल

Jun 30, 2022 02:42 PM Merolagani

युवराज बस्नेत

बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री घनश्याम दाहालले सवारी चालक अनुमति पत्र परिक्षा सम्बन्धी नयाँ निर्देशिकाको प्रक्रिया नै गलत रहेको बताएका छन् ।

संघीय भौतक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात विभागले वर्तमान प्रयोगात्मक ट्रायल परिक्षालाई सरलीकरण गर्ने गरी डेढ बर्ष अघि अध्ययन गरेर ल्याएको परीक्षा कार्य विधिलाई लागू नगर्ने पक्षमा उभिएका हुन् ।

मेरोलगानीसँग कुरागर्दै यातायात मन्त्री दाहालले नयाँ कार्यविधिमा ७० अंक मात्रै ल्याएर ट्रायल पास हुने बिषय जटिल रहेको र पछि गएर झन् समस्या निम्त्याउने बताए ।

‘७० अंक ल्याएर ट्रायल पास हुने बिषय जटिल नै रहेको छ । लाइसेन्स भन्ने बिषय जान्नेले  लिने बिषय रहेछ । थोरै प्रतिशत ल्याएर पास हुने बिषयले दुर्घटना बढ्ने खतरा पनि बढ्न सक्छ’ मन्त्री दहालले मेरोलगानीसँग भने ।

लाइसेन्स जस्तो बिषयलाई समान्य ठान्न नहुने र लाइसेन्स जस्तो संवेदनशील बिषयमा खुकुलो गर्न हुँदैन,टाइट नै गर्नुपर्छ भन्ने आफ्नाे धारणा रहेको बताए ।

‘अहिले हामी ७० अंक मै ट्रायल पास हुने भन्ने पक्षमा छैनौं । के गर्दा ठीक हुन्छ सोही अनुसार छलफल अघि बढाएका छौं’ मन्त्री दाहालले भने ‘एक पटक विभाग सहित सम्बन्धित निकायसँग छलफल गर्दैछौं,कन्भिन्स गर्न सकियो भने १०० प्रतिशत नै नम्बर आउनु पर्यो भन्नेमा हाम्रो अडान रहन्छ’ ।

उनले तत्काल लाइसेन्स परिक्षा खुकुलो गर्दा भोलिका दिनमा लाइसेन्सकाे प्रयोगात्मक परिक्षा र समग्र बिषयमा समस्या आउने बताए ।

उनले कुरा गर्दै थपे ‘भोलि समस्या आएर फेरि यो निर्णय खारेज गर्नुपर्यो भने राम्रो सन्देश जाँदैन । हतारमा निर्णय गर्दा पछि पछुताउने अवस्था निमत्याउनु भन्दा पहिले नै सजग भएको राम्रो भन्ने हो’ ।

‘सकभर हाम्रो जोड चाँहि ७० प्रतिशत ल्याएर ट्रायल परिक्षा पास हुने बिषय नै ठिक छैन भन्ने हो तर, सबैले लागू गरे भने चिन्ता हामीले मात्रै गरेर भएन’ मन्त्रीले भने ।

संघिय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उक्त कार्यविधिको ड्राफ्टमा छलफल र संशोधन गर्दै फाइनल नै भएर प्रदेश यातायात मन्त्रालयमा पठाएको झण्डै दुई बर्ष पुगिसकेको छ ।

यस अघि ट्रायल परिक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था समेटिए पनि पछि शंसोधन गरेर यो बिषयलाई हटाइएको थियो ।

यातायात व्यवस्था विभागले वाग्मती प्रदेश भित्रका सबै यातायात कार्यालयहरुलाई परिपत्र गरे पनि मन्त्रीले नै यो कार्यविधि कार्यान्वयन गराउन आलटाल गरिरहेका छन् ।

अन्य प्रदेशमा अंक प्रणाली कार्यान्वयनमा आएर सफल समेत भइसकेको अवस्थामा बागमति प्रदेशमा भने यातायात बिचौलियाको दबावले कार्यान्वयनमा आउन सकेको छैन । नयाँ कार्यविधिले १०० नम्बरमा ७० अंक ल्याए ट्रायल पास हुने व्यवस्था गरेको छ ।

 

यस्तो छ यातायात मन्त्री घनश्याम दाहालको भनाई

७० अंक ल्याएर ट्रायल पास हुने बिषय जटिल  नै छ । लाइसेन्स भन्ने बिषय जान्नेले नै लिने बिषय रहेछ । थोरै प्रतिशत ल्याएर पास हुने बिषयले दुर्घटना  बढ्न सक्छ ।

लाइसेन्स जस्तो बिषयलाई सामान्य ठान्नु हुँदैन । लाइसेन्स जस्तो संवेदनशील बिषयमा खुकुलो भन्दा टाइट नै गर्नुपर्छ भन्ने हाम्रो भनाई हो। यो अहिले छलफलको क्रममा छ ।

अहिले हामी ७० अंक मै ट्रायल पास हुने भन्ने पक्षमा छैनौं । के गर्दा ठिक हुन्छ सोही अनुसार छलफल अघि बढाएका छौं ।

एक पटक विभाग सहित सम्बन्धित निकायसँग छलफल गर्दैछौं । १०० प्रतिशत नै नम्बर भएर मात्रै सेवाग्राहीले लाइसेन्स पाउनुपर्छ भन्ने मन्त्रालयको बुझाई छ ।

भोलिका दिनमा लाइसेन्स प्रयोगात्मक परिक्षामा थोरै लुज गर्दा समस्या आउन सक्छ । भोलि समस्या आएर फेरि यो निर्णय खारेज गर्नुपर्यो भने राम्रो सन्देश जाँदैन । हतारमा निर्णय गरेर पछि पछुताउने अवस्था निमत्याउनु भन्दा पहिले नै सजग भएको राम्रो हो ।

सकभर हाम्रो जोड चाँहि ७० अंक ल्याएर ट्रायल परिक्षा पास हुने बिषय नै ठिक छैन भन्ने छ । सबै प्रदेशले लागू गरे भने चिन्ता हामीले मात्रै गरेर हुँदैन ।

यो पनि पढ्नुस् : 

यातायातका कर्मचारीको घुस खाने बाटो बन्द हुने भएपछि ट्रायलमा अंक प्रणाली लागु भएन

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।