साल्ट ट्रेडिङ्ग कर्पोरेशनको कम्पनी विश्लेषण

Jul 02, 2022 06:10 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये महँगो शेयरमूल्य भएका कम्पनीहरुको सूचीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) पनि एक हो। यस साता यस कम्पनीमा दोस्रो बजारका लगानीकर्ताहरुको विशेष आकर्षण देख्न सकिन्छ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ९६ लाख १८ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड २२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७७ करोड २८ लाख रुपैयाँबाट घटेर ७४ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

सो अवधिसम्ममा कम्पनीले ४ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। त्यसैगरी, उसको बिक्री लागत ४ अर्ब १७ करोड ७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च ३१ करोड ६१ लाख रुपैयाँबाट बढेर ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ। २३ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३० पैसा रहेको छ। यस साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ४९६.८५ गुणा रहेको छ। कम्पनीको बुकभ्यालु ६७५ रुपैयाँ ५४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ५.३७ गुणा रहेको छ। कम्पनीको आरओई १.०८ प्रतिशत रहेको छ।

गत साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ६४.५३ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा कम्पनीको शेयरमूल्य अहिले बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

नेप्सेमा २३ लाख ४ हजार ८२९ कित्ता शेयर सूचीकृत रहेको यस कम्पनीको गत शुक्रबार ३ हजार ६२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ८ अर्ब ३५ करोड ९६ लाख १४ हजार ७८३ रुपैयाँ रहेको छ। कम्पनीको पछिल्लो १८० दिनको औषत मूल्य ४ हजार ८८८ रुपैयाँ २६ पैसा रहेको छ। त्यसैगरी, पछिल्लो ५२ हप्ताको उच्च मूल्य ११ हजार १९९ रुपैयाँ रहेको छ भने न्यून मूल्य २ हजार ८७० रुपैयाँ रहेको छ।

यस साता कम्पनीको शेयरमूल्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता २ हजार ९३५ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३ हजार ६२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार यस साता कम्पनीको शेयरमूल्य ६९२ रुपैयाँ बढेको छ। यस अनुसार आगामी दिनमा कम्पनीको शेयरमूल्य उकालो लागेमा ४ हजार रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ३ हजार रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता कम्पनीको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेको छ। यो बुलिश क्रशओभर हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

शेयरमूल्यसँगै कम्पनीको भोल्यूममा पनि बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा २ हजार ६४३ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, कम्पनीको पछिल्लो २० दिनको औषत भोल्यूम १ हजार ६५४ कित्ता रहेको छ। कम्पनीको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५९.८२ प्रतिशत बढी हो।

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले एक्ट्रीम फियर जोनबाट फियर जोनतर्फ गइरहेको छ। यसले लगानीकर्ताहरु विस्तारै शेयर खरिद गर्न थालेको संकेत गर्दछ।


(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।