सपोर्ट जोन नजिक हाथवे इन्भेष्टमेण्ट, हेरौँ कम्पनी विश्लेषण

Mar 16, 2024 06:07 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक १.७० प्रतिशत बढेको छ। गत साता ७६.९९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १.३१ अंक बढेर ७८.३० विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड (HATHY)।

यस कम्पनीको ‘लक इन’ अवधि चैत १ गते सकिएको थियो। कम्पनीको ३६ हजार ५१२ कित्ता शेयरको ‘लक इन’ अवधि सकिएको हो।

यस साता कम्पनीको शेयरमूल्य २० रुपैयाँ ५० पैसा घटेको छ। गत साता ९१८ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ८९७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

सपोर्ट जोन नजिक

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य सपोर्ट जोन नजिक बन्द भएको छ। हाल कम्पनीको सपोर्ट जोन ८५८ देखि ८८५ सम्म रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा ९८० देखि १०१५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो दिन र सो साता कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ७ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ६ सिग्नलहरुमा लगानीकर्ताले नाफा कमाइसकेका छन्। एक सिग्नल भने अहिले कायम रहेको छ। गत साता दिइएको सो सिग्नलमा हालसम्म लगानीकर्ताले १.४१ प्रतिशत नाफामा रहेका छन्। सो सिग्नलमा अहिलेसम्म कुनै सेल सिग्नल आएको छैन। अर्थात हाल कम्पनीको शेयर ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यपि, कम्पनीको शेयरमूल्य ८५८ रुपैयाँभन्दा तल आएमा लगानीकर्ताले स्टप लस गर्न सक्नेछन्।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम भने बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ६५ हजार १० कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ५० हजार ६४५ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम २८.३६ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि नै रहेको छ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी साँघुरिँदै छ भने हिस्टोग्रामको उचाई पनि घट्दैछ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ। जनु कम्पनीको शेयरमूल्य घट्ने संकेत हुनेछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६ करोड ४९ लाख रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेको छ।

१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु ८३ रुपैयाँ ४ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो १०.७६ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको २ करोड ३४ लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण २१ अर्ब १५ लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ७२६ रुपैयाँ ५२ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार १२३ रुपैयाँ रहेको छ भने न्यून मूल्य २७९ रुपैयाँ ५० पैसा रहेको छ।

ब्रोकर १९ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर १९ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको २४ हजार २०८ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ५८ ले यस साता कम्पनीको सबैभन्दा बढी २६ हजार ५२२ कित्ता शेयर बिक्री गरेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।