प्रतिरोध क्षेत्रमा थ्रिस्टार हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Mar 30, 2024 06:46 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.३९ प्रतिशत बढेको छ। गत साता २४८५.४४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ९.७८ अंक बढेर २४९५.२२ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो थ्रिस्टार हाइड्रोपावर लिमिटेड(TSHL)।

यस साता सो कम्पनीको शेयरमूल्य ५४ रुपैयाँ बढेको छ। गत साता ४९० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ५४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध क्षेत्रमा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्रमा पुगेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ५४० देखि ५७० सम्म रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्य ओरालो लागेमा ४५५ देखि ४८५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती नै बनाएको छ। यसले सो दिन र सो साता कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ८ वटा सिग्नल दिइसकेको छ। जसमध्ये १ सिग्नलमा स्टप लस गर्नु परेको थियो भने ७ सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए। हाल कम्पनीको शेयरमा मेरोलगानी एआईले कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको १५ हजार ७०३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १० हजार २४५ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ५३.२७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम र एमएसिडी रेखा, शून्य रेखाभन्दा माथि रहेको छ।

खरिदचाप बढ्दै

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनबाट न्यूट्रल जोनमा पुगेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदचाप बढ्न थालेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनी १२ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। चालु आर्थिक वर्षकै पहिलो त्रैमाससम्ममा कम्पनी ४ करोड २९ लाख रुपैयाँ नाफामा रहेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ९ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको कुल नाफा ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ७ करोड ५९ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको वित्तीय खर्च ५ करोड ४५ लाख रुपैयाँ र ह्रासकट्टी खर्च २ करोड ४१ लाख रुपैयाँ रहेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो।

४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु ८० रुपैयाँ ८१ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ६.७३ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ४९ लाख २५ हजार कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४५९ रुपैयाँ १६ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६५५ रुपैयाँ रहेको छ भने न्यून मूल्य २२७ रुपैयाँ ७० पैसा रहेको छ।

ब्रोकर ५७ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ५७ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको ६ हजार ९०२ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ५८ ले यस साता कम्पनीको सबैभन्दा बढी ४ हजार ६७८ कित्ता शेयर बिक्री गरेको छ।

एक्सट्रीम ग्रीड जोनमा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षा शेयर खरिद गरिरहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)