टेवा क्षेत्रमा अपि पावर कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Sep 27, 2025 05:59 PM Merolagani



यस साता हाइड्रोपावर उपसमूहको परिसूचक ८.२४ प्रतिशत बढेको छ। गत साता ३१८९.९४ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता २६२.८९ अंक बढेर ३४५२.८३ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो, अपि पावर कम्पनी लिमिटेड (API)।

यस साता कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन २६० रुपैयाँ १० पैसा रहेको यस कम्पनीको अन्तिम मूल्य, यस साता २९० रुपैयाँ रहेको छ।

 

टेवा क्षेत्रमा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य टेवा क्षेत्रमा रहेको छ। हाल कम्पनीको टेवा क्षेत्र २८५ देखि २९५ सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य उकालो लागेमा ३२० देखि ३३० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, टेवा क्षेत्रबाट पनि तल झरेमा २५० देखि २६० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

यस साता कम्पनीको शेयरमा खरिदकर्ता बलियो देखिएको छ। साप्ताहिक रुपमा यस साता कम्पनीले बुलिश मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता र सो दिन कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा १ लाख १९ हजार २०९ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ९३ हजार ५७३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २७.३९ प्रतिशत बढी हो।

बुलिश क्रशओभर

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले बुलिश क्रशओभर बनाएको छ। कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको छ। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रमा पुगेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता स्टकास्टिक आरएसआईमा कम्पनी न्यूट्रल जोनमा रहेको छ। यसले यस साता कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय विश्लेषण

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको नाफा भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४.९९ प्रतिशत घटेर ४२ करोड ७६ लाख रुपैयाँमा झरेको छ। कम्पनीको सञ्चालन मुनाफा घटेको र वित्तीय खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १.९३ प्रतिशत घटेको छ भने वित्तीय खर्च १७.८६ प्रतिशत बढेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ६७ करोड २७ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७४ पैसा घटेर ७ रुपैयाँ ४ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ७ पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.१९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.६१ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ६ करोड ७ लाख ५९ हजार २७८.०७ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयरको अन्तिम मूल्य प्रतिकित्ता २९० रुपैयाँ कायम भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १७ अर्ब ६२ करोड १ लाख ९० हजार ६४० रुपैयाँ ३० पैसा रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३३५ रुपैयाँ रहेको छ भने न्यून मूल्य २४६ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २९४ रुपैयाँ ७० पैसा रहेको छ।

ब्रोकर नम्बर ४४ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ६० हजार ७३४ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ५७ ले कम्पनीको ३३ हजार ९०८ कित्ता शेयर खरिद गरेको छ। यस साता कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गर्ने ब्रोकर भने २८ नम्बर रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको ६३ हजार ८७३ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर कम हुँदै

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले फियर जोनबाट न्यूट्रल जोनतर्फ बढीरहेको छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर कम हुन थालेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।