प्रतिरोध तोडेर उक्लियो
यस साता कम्पनीको शेयरमूल्य प्रतिरोध क्षेत्र तोडेर उक्लिएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले सो क्षेत्र तोडेर उक्लिएको हो। हाल कम्पनीको प्रतिरोध क्षेत्र ७३५ देखि ७५० सम्म रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा सो क्षेत्र टेवा क्षेत्र बन्नेछ। त्यसैगरी, कम्पनीले ८५० देखि ८६५ को क्षेत्रमा प्रतिरोधको सामना गर्नेछ।
खरिदकर्ता बलियो
साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले यस साता कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यस साताका चारै कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। जसले ती कारोबार दिनहरुमा पनि कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ११ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ८ वटा सिग्नल सफल भएका थिए भने ३ सिग्नलमा स्टप लस गर्नु परेको थियो। पछिल्लो समय मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै बाइ सिग्नल दिएको छैन।

बलियो भोल्यूम
यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ३ लाख १ हजार ३६२ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ४५ हजार २६३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम १०७.४५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति
यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुबै रेखा बीचको दूरी बढ्दो क्रममा रहेको छ। त्यसैगरी, यस साता कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा
यस साता कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनबाट न्यूट्रल जोनमा पुगेको छ। यसले यस साता बजारमा कम्पनीको शेयरमा खरिदबिक्रीचाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त १२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ९ करोड ७४ लाख रुपैयाँ थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३०९.३८ प्रतिशत बढेर ३७ करोड ९८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७ करोड ७२ लाख रुपैयाँबाट बढेर ९ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको सञ्चालनबाट भएको मुनाफा २ करोड ७१ लाख रुपैयाँबाट बढेर ४३ करोड ८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी १० करोड ५८ लाख रुपैयाँबाट घटेर ९ करोड ५८ लाख रुपैयाँमा झरेको छ भने वित्तीय खर्च १ करोड ३१ लाख रुपैयाँबाट बढेर ३ करोड २७ लाख रुपैयाँ पुगेको छ।
१ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ६६ करोड ९३ लाख ६३ हजार रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३६ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.१४ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ५.६२ गुणा रहेको छ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा कम्पनीको १ करोड ८३ लाख ८९ हजार ७९३.१७ कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण १४ अर्ब १० करोड ४९ लाख ७१ हजार ३६१ रुपैयाँ ३९ पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ७६८ रुपैयाँ १९ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ९०५ रुपैयाँ ६० पैसा रहेको छ भने न्यून मूल्य ३२२ रुपैयाँ २० पैसा रहेको छ।
कम्पनीले अहिले ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियम आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ।

ब्रोकर ६२ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ६२ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ७५ हजार ३३० कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर ३४ ले साढे ७६ हजारभन्दा बढी र ७५ ले कम्पनीको साढे ७० हजार कित्ताभन्दा बढी कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ३९ ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ७८ हजार ७०० कित्ता शेयर बिक्री गरेको हो।

मूल्य घट्ने डर घट्दै
यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर फियर जोनबाट न्यूट्रल जोनमा पुगेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर घटेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)