सपोर्ट जोनमा सिद्धार्थ बैंक, हेरौँ कम्पनी विश्लेषण

Sep 06, 2025 06:38 PM Merolagani



यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक ०.७७ प्रतिशत घटेको छ। गत साता १४४०.०७ विन्दुमा बन्द भएको बैंकिङ्ग उपसमूहको परिसूचक, यस साता ११.०६ अंक घटेर १४२९.०१ विन्दुमा झरेको छ।

यसै उपसमूहअन्तर्गतको एक कम्पनी हो सिद्धार्थ बैंक (SBL)।

यस साता बैंकको शेयरमूल्य १ रुपैयाँ ५५ पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३७६ रुपैयाँ २७ पैसा रहेको बैंकका अन्तिम मूल्य, यस साताको बिहीबार ३७७ रुपैयाँ ८२ पैसा कायम भएको छ।

 

सपोर्ट जोनमा

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य सपोर्ट जोनमा झरेको छ। हालको लागि बैंकको सपोर्ट जोन ३६३ देखि ३७८ सम्म रहेको छ। आगामी साता बैंकको शेयरमूल्य बढेमा ४२३ देखि ४४४ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता बलियो

साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साताका अन्तिम तीन कारोबार दिन बैंकको शेयरमूल्यले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र ती दिनहरुमा बैंकको शेयरमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म बैंकको शेयरमा ४ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये ३ सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने एक सिग्नलमा स्टपलस गर्नु परेको थियो। हाल मेरोलगानी एआई चार्टले बैंकको शेयरमा कुनै पनि सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता बैंकको भोल्यम भने बलियो रहेको छ। यस साता बैंकको दैनिक औषत भोल्युम २ लाख ९ हजार १०१ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूम भने १ लाख २८ हजार २४९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ६३.०५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

पछिल्लो समय बैंकको एमएसिडी रेखा र सिग्नल रेखा दुबै सकारात्मक क्षेत्रमा रहेको छ। बैंकको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई रेखाबीचको दूरी साँघुरिएको छ। यसले कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा घट्दो क्रममा रहेको छ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन बैंकको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा अर्थात २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ।

अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको समग्र मुनाफा पनि १२.५९ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो मुनाफा ३ अर्ब १ करोड रुपैयाँ थियो। बैंकले कम जोखिम भएका कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ। जसले खराव कर्जालाई २.६२ प्रतिशतमा सीमित गर्दै सन्तुलित विस्तार गरेको छ।

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.५८ प्रतिशतले वृद्धि भएको हो। बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा रहेको छ भने बुकभ्यालु २१९ रुपैयाँ ९७ पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको पीई रेशियो १५.६८ गुणा र प्राइस टु बुकभ्यालु रेशियो १.७२ गुणा रहेको छ। त्यसैगरी, बैंकको आरओई १०.९५ प्रतिशत रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको १४ करोड ८ लाख ९९ हजार ८०१.९० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ३२० रुपैयाँ ३८ पैसा रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ४०८ रुपैयाँ रहेको छ भने न्यून मूल्य २६१ रुपैयाँ रहेको छ। गत बिहीबारको अन्तिम मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ५३ अर्ब २३ करोड ४७ लाख ६३ हजार १५३ रुपैयाँ ८६ पैसा रहेको छ।

ब्रोकर नम्बर ४५ बाट सर्वाधिक खरिद

फ्लोरसिट विश्लेषण गर्दा यस साता ब्रोकर नम्बर ४५ ले बैंकको सर्वाधिक शेयर खरिद गरेको छ भने सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर १४ नम्बर रहेको छ। ब्रोकर नम्बर १४ ले यस साता बैंकको २ लाख ३ हजार कित्ताभन्दा बढी शेयर खरिद गरेको छ। ब्रोकर नम्बर १४ ले भने यस साता बैंकको १ लाख ११ हजार कित्ताभन्दा बढी शेयर बिक्री गरेको छ।

ग्रीड जोनमा

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमाझ बैंकको शेयरमूल्य बढ्छ भन्ने अपेक्षा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।