अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ताका दरले शेयर

Jul 14, 2022 09:41 AM Merolagani



असार ३० गते, बिहीबार, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। साे शेयरमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए। साेमध्ये १ हजार ७९१ जनाकाे आवेदन रद्द भएकाे छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएका छन्। क्यापिटलका अनुसार १ लाख ८२ हजार ४७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सोमध्ये पनि भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। सोपश्चात बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता शेयर यस दिन बाँडफाँट गरिएको हो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।