निरन्तर घटिरहेको सुन चाँदीको मूल्य बिहीबार बढ्यो

Jul 14, 2022 11:42 AM Merolagani

पछिल्ला दिनहरुमा निरन्तर घटिरहेको सुन चाँदीको मूल्य, बिहीबार बढेको छ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।