बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन

Jul 18, 2022 08:11 AM Merolagani

साउन २ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २७१ रुपैयाँ ५० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ४४३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शेयर प्रतिशत अर्थात बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

चुक्ता पूँजीको शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।