राप्ती हाइड्रोको आईपीओ बाँडफाँट, २ लाख १७ हजार ६९४ जनाले पाए १० कित्ताका दरले शेयर

Jul 25, 2022 09:12 AM Merolagani



राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज (साउन ९ गते) सोमबार बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो।

सो शेयरमा कुल १४ लाख ९१ हजार ७२२ आवेदन परेको थियो। जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएका छन् भने १ हजार ४२४ आवेदन रद्द भएका छन्। स्वीकृत आवेदनमध्ये भाग्यमानी २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका हुन्।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट गरिएको हो।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।