पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुनेः सांसद विनोद चौधरी

Jul 25, 2022 12:32 PM Merolagani



नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष तथा सांसद विनोद चौधरीले औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनु पर्ने बताए । आईतवार उद्योग परिसंघको १९ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै चौधरीले औद्योगिक क्षेत्र व्यवस्थित र प्रतिष्पर्धी बनाउनको लागि निजी सरकारी साझेदारी अवधारणा अनुसार औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनु पर्ने बताए ।

उनले विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरुको पृष्ठभूमि सकारात्मक खालको नभएको बताए । सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने दाबी गरे ।


चौधरीले सरकारले निर्यात उद्योगलाई विगतदेखि अनुदान दिँदै आएपनि अनुदान दिए अनुसार निर्यात बढ्न नसकेको बताए । उनले अनुदान भन्दापनि निर्यातको लागि उत्पादन विशेष हुने बताए ।

 




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।