एक बर्षमा नेपाल भित्रियो ५५ लाख सेट मोबाइल, ३८ अर्ब रुपैयाँ बाहिरियो

Jul 25, 2022 05:34 PM Merolagani



नेपालमा आर्थिक बर्ष २०७८÷०७९ मा ३८ अर्बका मोबाइल फोन आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५५ लाख मोबाइल सेट नेपाल भित्रिएका हुन ।

अघिल्लो आर्थिक बर्षको सोहि समयमा नेपालअघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो ।

जस अनुसार ७० लाख ३० हजार ३६६ सेट मोबाइल व्यवसायीले आयात गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष मोबाइल आयात १४ लाख ४३ हजार ७८८ थानले घटेको हो ।

हाल सरकारले गत बैशाखदेखि महङ्गा मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । नेपालमा अहिले ३०० डलर माथिका मोबाइल फोन ल्याउन प्रतिबन्ध छ ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।