एक बर्षमा नेपाल भित्रियो ५५ लाख सेट मोबाइल, ३८ अर्ब रुपैयाँ बाहिरियो

Jul 25, 2022 05:34 PM Merolagani



नेपालमा आर्थिक बर्ष २०७८÷०७९ मा ३८ अर्बका मोबाइल फोन आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५५ लाख मोबाइल सेट नेपाल भित्रिएका हुन ।

अघिल्लो आर्थिक बर्षको सोहि समयमा नेपालअघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो ।

जस अनुसार ७० लाख ३० हजार ३६६ सेट मोबाइल व्यवसायीले आयात गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष मोबाइल आयात १४ लाख ४३ हजार ७८८ थानले घटेको हो ।

हाल सरकारले गत बैशाखदेखि महङ्गा मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । नेपालमा अहिले ३०० डलर माथिका मोबाइल फोन ल्याउन प्रतिबन्ध छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।