प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Aug 03, 2022 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.७६ अंक घटेर २१९३.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६४ अंक बढेर २१९६.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १० स्टकको २० लाख ९६ हजार ३३१ रुपैयाँ १० पैसा बराबरको ५ हजार ३६२ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ७ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।