साइकलदेखि मोटरसाइकलसम्म...... रोयल इन्फिल्डको ‘रोयल’ कथा

Aug 03, 2022 06:20 PM Merolagani

आवाज कानमा पर्ने बित्तिकै यसको पहिचान दिमागमा स्वतः आउँछ। दृष्य हेर्नको लागि आँखा परसम्म पुग्छ। ‘रोयल एनफिल्ड बुलेट’ चढ्न इच्छा भएका सबैको मुखबाट निस्कने वाक्य हो, ‘बाइक होस् त ‘बुलेट’ जस्तै हो नत्र हिँडेर नै ठिक!!’ सायद बुलेट देखेर हामीमध्ये धेरैको मनबाट यो आवाज निस्किएको हुनुपर्छ।

अहिले रोयल इन्फिल्डका बाइकहरू सडकमा जस्तै मानिसहरूको दिमागमा पनि ‘बुलेट’ जस्तै दौडिरहेका छन्। एक समय थियो जब बुलेटको प्रमुख कम्पनीले यसलाई बन्द गर्न लागेको थियो। तर, एक व्यक्तिले यसलाई गौरवको सवारी बनाउन पहल गरे र त्यस्तो गरेरै देखाए। रोयल इन्फिल्ड बाइकले अहिले मानिसहरूको मनमा राज गरिरहेको छ।

बुलेट सवारी कहिले सुरु भएको थियो?

रोयल इन्फिल्डका बाइकहरू भारतमा सन् १९४९ देखि बिक्रीमा आएको थियो। सन् १९५४ मा भारत सरकारले पाकिस्तानी सीमानामा प्रहरी र सेनाको गस्तीका लागि ८०० वटा मोटरसाइकल अर्डर गरेको थियो। यो अर्डर बेलायतको इन्फिल्ड साइकल कम्पनीलाई ‘बुलेट ३५०’ को लागि दिइएको थियो। यो, त्यो समयको ठूलो परिमाणको अर्डर थियो। यी बाइकहरू कम्पनीको रेडिच प्लान्टमा निर्माण गरिएको हो। साँच्चै भन्नु पर्दा भारतमा ‘बुलेट’ (भारतीय बुलेट मोटरसाइकल) को यात्रा यहीँबाट सुरु भएको थियो। यो बल्क अर्डर पछि, बेलायतको रेडिच कम्पनीले १९५५ मा भारतको मद्रास मोटर्ससँग मिलेर ३५० सीसी बुलेटहरू एसेम्बल गर्नको लागि एउटा कम्पनी गठन गर्यो– ‘इन्फिल्ड इन्डिया’।

भारतीय बुलेट

यसअघि बेलायती कम्पनी रोयल इन्फिल्डले ‘बुलेट’ बनाउँदै आएको थियो। सन् १९७१ मा बेलायती कम्पनी बन्द भएपछि भारतीय निर्माताले ‘बुलेट’ को अधिकार किनेका थिए। तर, सन् १९७० देखि १९८० को बीचमा रोयल इन्फिल्डको व्यवस्थापनले यस्ता धेरै निर्णय लिएका थिए जसका कारण कम्पनी भारी ऋणमा डुबायो। यससँगै सन् १९९० मा सीडि १०० को आगमनले रोयल इन्फिल्डलाई पनि झट्का लाग्यो। बुलेट लगभग बजार हराइसकेको थियो। १९९४ मा, आइशरले बुलेटमा विश्वास व्यक्त गर्दै कम्पनी किन्यो।

आइशरले स्वीकारे चुनौती

सन् २००० मा आइशर ग्रुपलाई घाटा भयो। ग्रुपका वरिष्ठ अधिकारीहरूको विचारमा रोयल इन्फिल्डलाई बेच्ने वा बन्द गर्ने सही निर्णय थियो। ग्रुपको यो विभागलाई २० करोड घाटा भएको थियो। विक्रमलालका छोरा सिद्धार्थलालले सो विभागलाई नाफामा ल्याउन २४ महिनाको समय मागेका थिए। सिद्धार्थ डिभिजनको प्रमुख बने र पहिले उनले जयपुरको नयाँ इनफिल्ड प्लान्ट बन्द गरे। त्यसपछि डिलर छूट अन्त्य गरे, जसले कम्पनीलाई प्रत्येक महिना ८० लाख रुपैयाँ भार परिरहेको थियो। केही वर्षअघि सिद्धार्थलालले भनेका थिए, ‘गर या मर’ को अवस्थाका कारण मैले कडा निर्णय लिनुपरेको थियो।’

फेरी बन्यो रोयल सवारी

त्यसपछि सिद्धार्थलाल र उनको टोलीले मोटरसाइकलको अर्थ लामो दूरी सम्म रमाइलो गर्नु हो भन्ने महसुस गरे। सिद्धार्थले अर्को बजार वा खण्डमा प्रवेश गर्नु भन्दा हाल भएको ब्रान्डलाई बलियो बनाउने प्रयास गर्ने निर्णय गरे। त्यसबेला सिद्धार्थले भनेका थिए, ‘यी बाइकको बजार नभए पनि हामी यसलाई अगाडि बढाउँछौँ। चाहे यसको बजार स्थापना गर्न हामीलाई अझै १० वर्ष नै किन नलागोस्।’ सिद्धार्थले सहरका १८ देखि ३५ वर्षका युवाहरूलाई लक्षित गर्दै सन् २००१ मा ३५० सीसीको बुलेट इलेक्ट्रा लन्च गरे। यसलाई विभिन्न रंग र इलेक्ट्रोनिक इग्निशनसहित लन्च गरिएको थियो। यसको बजारीकरण एक युवा मोटरसाइकल रूपमा गरिएको थियो।

२००२ मा लन्च भयो थन्डरबर्ड

इलेक्ट्राको सफलता पछि, कम्पनीले २००२ मा थन्डरबर्ड लन्च गर्यो। यो सीरियस मोटरसाइकल सेग्मेन्टको लागि ल्याइएको थियो। ब्रेक र गियरको स्थिति सामान्य मोटरसाइकलमा जस्तै दिइएको थियो। यसअघि बुलेटको ब्रेक दायाँ खुट्टामा र गियर बायाँ खुट्टामा थिए। त्यसमा केही परिवर्तन गरियो र त्यसपछि सन् २००२ देखि यात्रा जारी रह्यो। कम्पनी नाफामा पुग्यो र रोयल इन्फिल्डका नयाँ बाइकहरू भारतीय बजारमा एकपछि अर्को गर्दै आइरह्यो। यसअघि सिद्धार्थले चेन्नईमा १५० करोडको लगानीमा नयाँ प्लान्ट खोलेका थिए, जसमा वार्षिक ३ लाख मोटरसाइकल उत्पादन गर्ने क्षमता थियो। सन् २००९ मा क्लासिक ३५० र ५०० लन्च गरिएको थियो। त्यस्तै, क्याफे रेसर ५३५ सीसी ‘कन्टिनेन्टल जीटी’ सन् २०१३ को अन्त्यमा लन्च गरिएको थियो।

गर्वका साथ चलिरहेको छ

सिद्धार्थले रिटेल आउटलेट र मार्केटिङमा धेरै ध्यान दिए। उनले यस्ता आउटलेटहरू खोलेका छन् जहाँ बाइक खरिदकर्ताहरूलाई राम्रो अनुभव दिन सकिन्छ। रोयल इन्फिल्डले बाइकर्सका लागि विभिन्न यात्राको पनि आयोजना गर्दै आइरहेको छ। कम्पनीले २०१२ मा ८१ हजार ४६४ मोटरसाइकल बेचेको थियो, जबकी २०१३ मा १ लाख २३ हजार १८ वटा बिक्री भएको थियो अर्थात ५१ प्रतिशत वृद्धि भएको थियो। सिद्धार्थलाल भन्छन्, ‘मलाई प्रतिस्पर्धाले चिन्तित बनाउँदैन। हामीले २५० भन्दा बढी सीसीका मोटरसाइकलको बजार सिर्जना गरेका छौं।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।