गरिमा विकास बैंकको नाफा १ अर्ब नाघ्यो, ईपीएस कति?

Aug 05, 2022 03:21 AM Merolagani



गरिमा विकास बैंक लिमिटेड (GBBL) गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार साे अवधिसम्ममा बैंकले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएकाे छ।

सो अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.५० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशत र सञ्चालन मुनाफा २५.६८ प्रतिशत बढेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २४.५९ प्रतिशत बढेको छ भने जगेडा कोष २२.०६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ७.०५ प्रतिशत बढेको छ भने कर्जा १२.८४ प्रतिशत बढेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।