मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो, ईपीएस भने घट्यो

Aug 05, 2022 04:22 AM Merolagani



मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको छ भने ईपीएस घटेको छ।

सो अवधिसम्ममा बैंकले १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १० करोड ९५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २८.८३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.६९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५.३१ प्रतिशत बढेको छ।

नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर १७ रुपैयाँ १ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेको छ भने जगेडा कोष १०.०२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ११.३४ प्रतिशत र कर्जा ७.६० प्रतिशत बढेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।