आम्दानीसँगै घट्यो गुराँस लघुवित्तको नाफा

Aug 05, 2022 05:01 PM Merolagani



गुराँस लघुवित्त (GLBSL) ले गत आर्थिक वर्षमा ४२.२३ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानी र अन्य आम्दानी घट्दा उसको नाफा घटेको हो।

गत आर्थिक वर्षमा लघुवित्तले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष लघुवित्तले २२ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्ष लघुवित्तको खुद नाफा ४२.२३ प्रतिशतले घटेको हो।

विवरण अनुसार गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी १५.४८ प्रतिशतले घटेको छ भने अन्य सञ्चालन आम्दानी ८ प्रतिशतले बढेको छ। सञ्चालन आम्दानी ४० प्रतिशतले घटेको छ।

हाल ९ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७ पैसा र प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७७ पैसा छ।

गत वर्ष लघुवित्तले निक्षेप ४३ प्रतिशतले बढाएको छ भने सापटी १८ प्रतिशतले बढाएको छ। यसबाट लघुवित्तले कर्जा पनि १९ प्रतिशतले बढाएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।