नेपाल बैंकको नाफा बढेपनि लाभांश क्षमता घट्यो

Aug 06, 2022 07:57 AM Merolagani



नेपाल बैंक (NBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले नाफा बढाएको भए पनि उसका लाभांश क्षमता भने अझ्रै घटेको छ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। जुन १०.२९ प्रतिशतले धेरै हो।

बैंकको नाफा बढेपनि करिब ६१ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याउदा बैंकको वितरणयोग्य नाफा भने ५५ प्रतिशतले घटेको छ।

खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ।

हाल १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिशेय नेटवर्थ २४८.४२ रुपैयाँ छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।