नेपाल बैंकको नाफा बढेपनि लाभांश क्षमता घट्यो

Aug 06, 2022 07:57 AM Merolagani



नेपाल बैंक (NBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले नाफा बढाएको भए पनि उसका लाभांश क्षमता भने अझ्रै घटेको छ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। जुन १०.२९ प्रतिशतले धेरै हो।

बैंकको नाफा बढेपनि करिब ६१ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याउदा बैंकको वितरणयोग्य नाफा भने ५५ प्रतिशतले घटेको छ।

खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेका छ भने सञ्चालन आम्दानी गत वर्षभन्दा घटेका छ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ।

हाल १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिशेय नेटवर्थ २४८.४२ रुपैयाँ छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।