सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ६ जनाले पाए ११ कित्ताका दरले शेयर

Aug 09, 2022 10:18 AM Merolagani



साउन २४ गते, मंगलबार, सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले साउन १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमा, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयर यस दिन बाँडफाँट गरिएको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख १३ हजार ५७२ आवेदन परेको थियो। जसमध्ये ८७३ आवेदन शंकास्पद भएका कारण अयोग्य र २३१ आवेदन अस्वीकृत भएका छन्। बाँकी १४ लाख १२ हजार ४६८ आवेदन भने स्वीकृत भएका छन्।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो। यस अनुसार ६७ हजार ५८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ६ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले कम्पनीको शेयर पाएका छन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।