गत वर्ष फाइनान्स कम्पनीको नाफा घट्यो, लाभांश झनै घट्ने

Aug 09, 2022 01:15 PM Merolagani

गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको छ। १५ वटा फाइनान्स कम्पनीको नाफा औसतमा ३२.१६ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षमा १५ वटा फाइनान्सले कुल १ अर्ब ३३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ९७ करोड १७ लाख रुपैयाँ रहेको थियो।

अघिल्ले वर्ष धेरै फाइनान्स कम्पनीहरुले शेयर बजारमा कारोबार गरेर राम्रो नाफा कमाएका थिए। तर गत आर्थिक वर्षमा एकातिर केन्द्रिय बैंकले शेयर कारोबारमा कडाई गरेको छ भने अर्कोतर्फ शेयर बजार पनि लगातार घट्दो क्रममा छ। यसले गर्दा फाइनान्स कम्पनीहरुले शेयर कारोबारबाट कमाउने आम्दानी घटेको छ। जसको असर नाफामा देखिएको हो।

गत वर्ष बेष्ट फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ। फाइनान्सले खुद नाफा १०२ प्रतिशतले बढाएर १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो फाइनान्स कम्पनीहरुमा सबैभन्दा ठुलो बृद्धिदर हो।

यस्तै गत वर्ष नेपाल फाइनान्सले ८५ प्रतिशतले नाफा बढाएको छ भने समृद्धि फाइनान्सले २१ प्रतिशत, गुडविल फाइनान्सले २ प्रतिशत र आइसिएफसि फाइनान्सले २ प्रतिशतले नाफा बढाएका छन्। बाँकी फाइनान्सको भने नाफा घटेको छ।

गत आर्थिक वर्षमा मञ्जुश्री फाइनान्सको नाफा सबैभन्दा धेरै घटेको छ। अघिल्लो वर्षको तुलनामा फाइनान्सको नाफा ८० प्रतिशतले घटेको छ। यस्तै मल्टिपर्पस फाइनान्सको नाफा ७३ प्रतिशतले घटेको छ भने गोर्खज फाइनान्सको ५४ प्रतिशत, रिलायन्स फाइनान्सको ४६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४१ प्रतिशत, जानकी फाइनान्सको ३२ प्रतिशत, पोखरा फाइनान्सको २० प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १९ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३ प्रतिशतले घटेको छ।

  • वितरणयोग्य नाफामा पनि उच्च गिरावट, शेयरधनीले पाउने लाभांश घट्ने

गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको वितरणयोग्य नाफा पनि ६७ प्रतिशतले घटेको छ। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार शेयरधनीलाई बाँड्न मिल्ने वितरणयोग्य नाफामा पनि निकै गिरावट देखिन्छ।

गत आर्थिक वर्षमा नेपाल फाइनान्सको वितरणयोग्य नाफा १०३ प्रतिशतले बढेको छ भने बाँकी सबै कम्पनीको वितरणयोग्य नाफा घटेको छ।

फाइनान्स कम्पनीहरुको नाफा घट्दा उनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश पनि घट्ने भएको छ। वितरणयोग्य नाफा घटेपछि फाइनान्स कम्पनीहरुले यस वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्न सक्नेछन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।