प्रत्यक्षबाट चुनावमा लड्न पैसा नभएकाले पनि समानुपातिकमा जानेको होडबाजी छः सांसद पहाडी

Aug 09, 2022 03:52 PM Merolagani

नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन् ।

उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए । उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहेको बताए ।

सांसद पहाडीले अहिले सांसदहरुमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गरे । उनले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जानसके मात्रै प्रत्यक्षतर्फ प्रतिष्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने बताए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।