प्रत्यक्षबाट चुनावमा लड्न पैसा नभएकाले पनि समानुपातिकमा जानेको होडबाजी छः सांसद पहाडी

Aug 09, 2022 03:52 PM Merolagani



नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन् ।

उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरु पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए । उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरु पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहेको बताए ।

सांसद पहाडीले अहिले सांसदहरुमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्ने होडबाजी रहेको दाबी गरे । उनले निर्वाचन प्रणालीलाई सस्तो र सरल बनाउनेतर्फ जानसके मात्रै प्रत्यक्षतर्फ प्रतिष्पर्धामा आउन महिला पुरुष सबै अग्रसर हुने बताए ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।