आइएमई जनरल इन्स्योरेन्सको सिइओमा युगेशभक्त बादे पुनः नियुक्त

Aug 09, 2022 04:43 PM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) को प्रमुख कार्यकारी अधिृकत (सिइओ) मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

कम्पनीले साउन २३ गते देखि लागु हुने गरि श्रेष्ठलाई दोस्रो कार्यकालको लागि पुनः नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको असार ७ गते बसेको बैठकको निर्णय अनुसार बीमा समितिको स्वीकृति पश्चात श्रेष्ठ सिइओ नियुक्त भएका हुन् ।

नव नियुक्त सिइओ श्रेष्ठले सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउने दाबी गरे ।

श्रेष्ठसँग निर्जीवन बीमा क्षेत्रमा २७ वर्ष भन्दा बढी काम गरेकाे अनुभव छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।