Wed, Sep 17, 2025
साउन ३० गते, सोमबार, अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका सो शेयर बाँडफाँट भएको हो।
लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार ३७६ आवेदन रद्द भएको छ। माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँट गरिएको हो।
लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
सो शेयरमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार ३७६ आवेदन रद्द भएको छ। माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँट गरिएको हो।
जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।